कोरोनाभाइरसको सङ्क्रमण भएका एक व्यक्तिको पहिलो पटक चीनबाहिर मृत्यु भएको पुष्टि भएको छ । तर फिलिपिन्समा मृत्यु हुने ती ४४ वर्षीय व्यक्ति चिनियाँ नागरिक हुन् र उनी कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु मानिएको चीनको वुहानबाट फिलिपिन्स गएका थिए।


ADVERTISEMENT


विश्व स्वास्थ्य सङ्गठनका अनुसार फिलिपिन्स आउनुअघि नै उनमा सङ्क्रमण भएको सङ्केत देखिन्थ्यो। अहिलेसम्म कोरोनाभाइरसको महामारीमा १४ हजार ३ सय ८० व्यक्ति सङ्क्रमित भएका छन् भने ३सय ४ जनाभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ।


ADVERTISEMENT

# # #