एजेन्सी– बार्सिलोना र रियल मड्रिड कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमै पराजित भएका छन् ।गएराति भएको खेलमा बार्सिलोना एट्लेटिको बिल्बाओसंग र रियल मड्रिड रियल सोसिडाडसंग पराजित भएको हो ।


ADVERTISEMENT


बार्सिलोना एट्लेटिको बिल्बाओसंग १–० ले पराजित भयो । बार्सा लगातार सात पटक कोपा डेल रे फुटबलको फाईनल पुग्ने सपना क्वार्टरफाईनलमै सिमित बन्यो । अर्को खेलमा रियल मड्रिड भने रियल सोसिडाडसंग ४–३ गोल अन्तरले पराजित बन्यो ।


ADVERTISEMENT

# # #


सोसिडाडका मार्टिन ओडिगार्डले माउ क्लबबिरुद्व गोल गर्दै रियल मड्रिडलाई क्वार्टरफाईनलबाटै पकाृए ।
दुई बर्षको लोनमा रहेका नर्वेजियन मिडफिल्डरको पहिलो गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए ।

अलेक्जेण्डर ईसाकले सोसिडाडको अग्रता दोब्बर बनाउने काम गरे । दुई मिनेपछि अर्को गोल थप्दै ईसाकले सोसिडाडलाई ३–० को स्थितीमा पुर्याएका थिए ।

मार्सेलो र रोड्रिग्वोले मड्रिड क्लबका लागि गोल गर्दै पुनरागमनको आश देखाएका थिए । मिकेल मोरिनोले सोसिडाडको तर्फबाट एक गोल थपेका थिए । खेलको अन्तिममा नाचोले गोल गर्दै रियलको हार अन्तर घटाउने काम गरे ।

जिनेदिन जिदानको टिम ला लिगाको शीर्ष स्थानमा छ । मड्रिड क्लबले २२ खेलमा मात्र १३ गोल मात्र ब्यहोरेको छ । र कोपा डेल रेको क्वार्टरफाईनलमा मड्रिड क्लबले ४ गोल ब्यहोर्न पुग्यो । मड्रिड क्लब २१ खेलमा अपराजित थियो ।