सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँका १०० भन्दा बढी स्थानीय बिरामी परेका छन् । गुम्बा बस्तीका स्थानीयमा कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


ADVERTISEMENT


बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि ले विशेष टोली खटाइदिन जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई पत्र लेखेका छन् । त्यस्तै, संघीय सरकारसँग पनि विशेषज्ञ चिकित्सक पठाइदिन अनुरोध गरिएको अध्यक्षविकले बताए ।


ADVERTISEMENT

# # #


माघ २३ गतेदेखि केही व्यक्तिमा रुघा र उच्च ज्वरो देखा परेको र उक्त संख्या मंगलबार बढेर १०० नाघेको बताइएको छ ।

तत्कालका लागि गाउँपालिकासँग भएको जनशक्ति पठाइएको बताइएको छ ।