काठमाडौं( गैरआवासीय नेपाली संघ एनआरएनले समितिमा बसेका पदाधिकारी तथा सदस्यहरु कुनै राजनीतिक दल तथा तिनका भातृ संस्थामा रहेको पाइएमा कारवाही गर्ने जनाएको छ। यस्तै धार्मिक संस्थाका सदस्य भएको पाइए पनि उनीहरु माथि कारवाही हुने एनआरएनका महासचिव डा। हेम राज शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


ADVERTISEMENT


विज्ञप्तिमा भनिएको छ, ‘अन्तराष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी र सदस्यहरु नेपालका विभिन्न राजनीतिक दलका भातृ संगठनको कार्यसिमितमा संलग्न भएको जानकारी प्राप्त भएको छ। अतः निजहरुले आफू संलग्न संगठनबाट राजीनामा दिएको स्वःघोषणा गरी यसको जानकारी २५ फेब्रुअरी २०२० सम्म संघका महासचिवलाई दिनुहुन अनुरोध छ।’


ADVERTISEMENT

# # #


यो समय सीमासम्म जवाफ नआए विधानअनुसार पदमुक्त गरी कारवाही हुने विज्ञप्तिमा उल्लेख छ।