काठमाण्डौ – आज फेब्रुअरी १४, भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । पश्चिमी देशमा फेब्रुअरी १४ तारिखमा मनाउने भ्यालेन्टाइन डे पछिल्ला समयमा नेपालमा पनि मनाउन थालिएको छ ।


ADVERTISEMENT


नेपालका शहरी क्षेत्रमा यसको प्रभाव धेरै पाइएको छ । यो दिन आफूले प्रेम गरेको र मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने, उपहार दिने गरिन्छ ।


ADVERTISEMENT

# # #


इटालीका पादरी सेन्ट भ्यालेन्टाइनले तत्कालीन नियमविरुद्ध सैनिकहरुको प्रेम विवाह गराइदिएको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।

सैनिकको विवाह गराइदिएका पादरी भ्यालेन्टाइनलाई तत्कालीन शासकले मृत्युदण्ड दिए पनि उनी प्रेमी–प्रेमिकाका लागि सधैँ अमर रहेको भन्दै फेब्रुअरी १४ मा प्रणय दिवस मनाउन थालिएको हो ।