काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल वर्खास्त गरेर अनुसन्धान थाल्न माग गरेको छ ।


ADVERTISEMENT


सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग ७० करोड कमिसन बार्गेनिङ्ग गरेको अडियो सार्वजनिक भएपछि कांग्रेसले त्यसको छानिबनका लागि मन्त्री बाँस्कोटालाई वर्खास्त गर्न माग गरेको हो ।


ADVERTISEMENT

# # #


बिहीबार एक विज्ञप्ती जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारी संगै ठूलो रकमको अनियमितताको तयारी भइरहेको अनुमानलाई सार्वजनिजक अडियोले प्रमाणित गरेको भन्दै सञ्चारमन्त्री बाँस्कोटालाई वर्खास्त गर्न माग गरेका छन् ।

‘७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल वर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक रुपले आग्रह गर्दछ’ जारी विज्ञप्तीमा भनिएको छ ।

यसअघि बुधबार राती ‘हाम्रा कुरा’ नामक अनलाइनले सञ्चारमन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस स्थापनाका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग ७० करोड कमिसन मागेको अडियो सहितको समाचार सार्वजनिक गरेको थियो ।

यसबारे सञ्चारमन्त्री बाँस्कोटाको औपचारिक भनाई आइसकेको छैन । यद्दपी उनले बिहीबार अपरान्ह हुने नियमित पत्रकार सम्मेलनमा उक्त प्रकरणबारे बोल्ने बताएका छन् ।