काठमाण्डौ – पश्चिम जर्मनीको हनाउ शहरमा रहेको दुई वटा रेस्टुरेण्टमा गोली चल्दा ८ जनाको ज्यान गएको छ ।गोली काण्डमा अन्य पाँच जना घाइते भएका छन् । स्थानीय समयअनुसार राति १० बजे गोली चलेको प्रहरी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।


ADVERTISEMENT


सिटी सेन्टरमा रहेको रेस्टुरेन्टमा पहिलो गोली चलेको र हनाउ शहरको केसेलस्टाड नजिक दोस्रो पटक गोली चलेको जनाइएको छ ।


ADVERTISEMENT

# # #


पहिलो गोली काण्डमा तीन जनाको ज्यान गएको र दोस्रो पटक गोली चल्दा अन्य पाँच जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।

गोली चलाउनेको परिचय खुलिनसकेको र घटनाको थप विवरण आउँन बाँकी रहेको बीबीसीले जनाएको छ ।