काठमाडौँ – साझा पार्टीले सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा संचार मन्त्री गोकुल बास्कोटालाई तुरुन्त बर्खास्त गरेर छानविन गर्न माग गरेको छ ।


ADVERTISEMENT


बिहीबार एक विज्ञप्ती जारी गर्दै साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको शिलशिलामा बिचौलियासँग ७० करोडको कमिशन माग गरेको अडियो सार्वजनिक भएकाले बाँस्कोटालाई तुरुन्त वर्खास्त गरेर छानिबन थाल्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले विज्ञप्तीमा भनेका छन्, ‘आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बारम्बार बताउँदै आएका प्रधानमन्त्री केपी ओलीकै भक्तपुरस्थित नीजि निवासमा बस्दै आएकक मन्त्री बास्कोटालाई तुरून्तै वर्खास्त गरेर निष्पक्ष छानविन गर्न साझा पार्टी प्रधानमन्त्रीसँग जोडदार माग गर्दछ ।’

सम्बन्धित समाचार
– सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल वर्खास्त गरी अनुसन्धान थालियोस् : कांग्रेस
– सञ्चारमन्त्री बाँस्कोटामाथि ७० करोड कमिसन मागेको आरोप (अडियोसहित)

यसअघि बुधबार राती ‘हाम्रा कुरा’ नामक अनलाइनले सञ्चारमन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस स्थापनाका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग ७० करोड कमिसन मागेको अडियो सहितको समाचार सार्वजनिक गरेको थियो ।

यसबारे सञ्चारमन्त्री बाँस्कोटाको औपचारिक भनाई आइसकेको छैन । यद्दपी उनले बिहीबार अपरान्ह हुने नियमित पत्रकार सम्मेलनमा उक्त प्रकरणबारे बोल्ने बताएका छन् ।