काठमाडौं – महाशिवरात्रीको अवसरमा पाशुपत क्षेत्रमा नेपाल स्काउट समेतका गरी करिब पाँच हजार स्वयंसेवक परिचालन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शन लाइनको सहजीकरणका लागि मुख्य क्षेत्र बाहिर मात्र स्वयसेवक परिचालित छन् । पशुपतिनाथको मन्दिर नजिक हुनेगरी मुख्य क्षेत्रमा डाक्टर, नर्स, औषधि र श्यया सहितको नेपाली सेनाको मूल स्वास्थ्य शिविर राखिएको छ । महाशिवरात्रिमा ३३ वटा स्वास्थ्यसँग सम्बन्धित संस्थाले सेवा प्रदान गरिरहेका छन् । त्यसैगरी एम्बुलेन्स र आपत्कालीन अवस्थाका लागि दमकल समेत तयारी अवस्थामा रहने गरी व्यवस्था मिलाइएको छ ।


ADVERTISEMENT


कोषका सफाइ कर्मचारीबाट गरिने नियमित सरसफाइका अतिरिक्त सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह र स्थानीय स्वयंसेवी संस्थाको सहभागितामा एक हप्ता अघिदेखि विशेष सरसफाइ अभियान सञ्चालन भइरहेको छ । सुरक्षा व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार, प्रचारप्रसार, साधुसन्त तथा धार्मिक, वातावरण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था, स्वास्थ्य सेवा व्यवस्था, मेला बजार तथा साज सजावट, स्वयंसेवा, दर्शन, चन्दन तथा मन्दिर एवं रात्रिकालीन व्यवस्था, स्वयंसेवा परिचालन एवं अनुगमन, सरकारी निकाय समन्वय, अनुगमन, मूल्याङ्कन तथा तथ्याङ्क सङ्कलन उपसमिति गठन गरिएको छ ।


ADVERTISEMENT

# # #


नेपाल प्रहरीको अगुवाइमा सशस्त्र तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी, जनशक्ति मेला अवधिभर परिचालन गरिने छ । सादा पोशाकमा प्रहरी परिचालन गरी मेला क्षेत्रको विशेष अनुगमन गरिने कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताउनुभयो ।