चलचित्र ‘इन्डियन २’को छायांकनको क्रममा क्रेन दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । चलचित्रका मुख्य कलाकार कमल हसनले निधन भएका टेक्निसियनको परिवारलाई आर्थिक सहयोग दिने घोषणा गरेका छन् ।


ADVERTISEMENT


टाइम्स अफ इण्डियाले जनाएअनुसार हसनले ३ जनाको परिवारलाई १ करोड आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् । ‘यो दुर्घटनाले निकै दु:ख लागेको छ’ हसनले बताएका छन् । एस शंकरको निर्देशन रहेको दक्षिण भारतीय भाषामा निर्माण भैरहेको इन्डियन २ को छायांकन चेन्नाईमा भैरहेको थियो ।


ADVERTISEMENT

# # #