काठमाडौँ– नेपाली काँग्रेसकी सांसद मिठु मल्ल (रुकुम)ले बिना आधार निर्वाचनमा असहयोग गरेको आरोप लगाउँदै पार्टीले आफूलाई कारबाही गरेको बताएकी छन् ।


ADVERTISEMENT


आज यहाँ आयोजित पत्रकारसम्मेलनमा आफूमाथि पार्टीले गरेको कारबाही कपोलकल्पित र निराधार भएको उनले बताएकी हुन् । “मैले आफ्नो जीवनको अधिकांश समय नेपाली काँग्रेस र प्रजातन्त्रका लागि खर्चेको छु तर मलाई आज पार्टीलाई असहयोग गरेको झुटो आरोपमा कारबाही गरेको छ,” सांसद मल्ललेनिन् ।


ADVERTISEMENT

# # #


आफूमाथि कारबाही गर्ने आधार पार्टीलाई नभएको स्पष्ट पार्दै उनले आफूले असहयोग गरेको आधार देखाउनसमेत जिल्ला कार्यसमिति रुकुमलाई चुनौती दिइन् । वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारलाई हराएर नेकपा (माओवादी केन्द्र)का उम्मेदवारलाई जिताउन भूमिका निर्वाह गरेको आरोप लगाउँदै पार्टीको जिल्ला कार्यसमितिले सांसद मल्लसहित २१ जनालाई कारबाही गरेको थियो ।

पार्टीले आफूमाथि कारबाही गरे पनि निरन्तर काँग्रेसमा लागेर काम गर्ने उनले स्पष्ट पारिन् ।