एजेन्सी–कोरोना भाइरसको संक्रमण युरोपेली मुलुक तीव्रताका साथ फैलिएको छ। युरोपमा सबैभन्दा बढी प्रभावित इटलीमा संक्रमितको संख्या चार सय पुगेको छ। प्रभावितको संख्या २४ घण्टामा २५ प्रतिशतले बढेको हो। मंगलबारमात्र थप ८० जनामा संक्रमण देखिएको पुष्टि भएको थियो।


ADVERTISEMENT


इटलीमा सबैभन्दा बढी मिलान, भेनेटो र लोम्बार्डी सहर छन्। यो संक्रमणबाट इटलीमा १२ जनाको मृत्यु भइसकेको छ।


ADVERTISEMENT

# # #


संक्रमण फैलन नदिन विद्यालय, विश्वविद्यालय, सिनेमाघरलगायतका सार्वजनिक स्थान बन्द गरिएका छन्। हालसम्म ५५ हजार मानिसलाई क्वारेन्टाइनमा राखिएको छ।

बम
इटलीमात्र नभइ युरोपका अन्य कैयौं मुलुकमा संक्रमण देखिएका छन्। बुधबार विश्व स्वास्थ्य संगठनले पहिलोपटक चीनबाहिर यति तीव्र गतिमा भाइरस फैलिएको जनाएको छ। युरोपमा अस्ट्रिया, क्रोसिया, ग्रिस, नर्वे, स्वीजरल्याण्ड, जर्जिया र उत्तर मेसेडोनियामा संक्रमण देखिएको छ। अधिकांश इटलीबाट फर्केकामा संक्रमण देखिएको जनाइएको छ।

विश्वभर प्रभावितको संख्या ८० हजार नाघेको छ भने ४० देश प्रभावित बनेका छन्। यसबाट हालसम्म २७०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।