काठमाडौं । आसन्न नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन तथा उमेद्वारहरुका सम्बन्धमा सत्यतथ्य समाचार तथा सूचनाहरु प्रवाह गर्नुपर्नेमा बिज्ञहरुले जोड दिएका छन् ।


ADVERTISEMENT


निर्वाचनको मिति नजिकिँदै जाँदा आउने एकतर्फी समाचार तथा आक्षेपहरुले लोकतान्त्रिक पद्धतीको अभ्यासमा असर पुग्ने भन्दै उद्योगी व्यवहायीहरुले सञ्चारगृह तथा सञ्चारकर्मीहरुलाई सन्तुलित, यथार्थपरक र बिश्वसनीय समाचारजन्य सामग्रीहरु संप्रेषण गर्न आग्रह गरेका हुन् ।
महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले निर्वाचनका सबैपक्षहरुले स्वस्थ प्रतिस्पर्धामा उत्रिएर लोकतान्त्रिक पद्धतीको गरिमाबाट नयाँ नेतृत्व छनोट गर्नुपर्ने बताएका छन् । प्रतिस्पर्धामा हार जित हुने सत्यतालाई बुझेर जुनसुकै एक पक्षले जितेपनि सिंगो महासंघले नै जित्ने वातावरण बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


”निर्वाचनका पक्षहरु एकले अर्कालाई अस्वस्थ लान्छना र हिलो छ्यापेर भन्दा पनि आफ्नो अब्बलता प्रस्तुत गर्नुपर्छ” पूर्वअध्यक्ष ढकालले भने ”सबै मिलेर सर्बमान्य, अब्बल र नीजि क्षेत्रको विकासका लागि दूरदर्शी नेतृत्व छान्न तिर ध्यान केन्द्रित गर्नुपर्छ ।”

उनले राज्यको चौथो अँग सञ्चार जगतको यो अभियानमा ठूलो भूमिका हुने बताउँदै मिडियाहरुले आफ्नो धर्म भुल्न नहुने बताएका छन् । महासंघको निर्वाचनमा समेत मिडियाहरुले नीजि क्षेत्र, उद्योग व्यवशाय, रोजगारका क्षेत्रहरुको समुचित उन्नती हुनेगरी देशको समृद्धि र विकासको अभियानलाई होष्टे पुग्नेगरी सञ्चारकर्ममा लागेमा नीजि क्षेत्र आभारी हुने ढकालको भनाई छ ।

नेपालका मिडियाहरुले देशका सबैजसो महत्वपूर्ण घडीहरुमा ऐतिहाँसिक भूमिका निर्वाह गरेको बताउँदै ढकालले राजनीतिक स्थायित्व पछिको महासंघको निर्वाचनमा समेत सञ्चार जगतको सम्मानजनक सन्तुलित भूमिकाको अपेक्षा गरिएको बताएका छन् ।

महासंघको निर्वाचनमा उमेद्वारहरुको घोषणासंगै केही मिडियाहरुले बिरोध, आक्षेप तथा एकतर्फी समाचारहरु तथ्यबिहिन, असन्तुलित र अबिश्वसनीय रुपमा प्रस्तुत गरेको प्रति सिंगो नीजिक्षेत्र मर्माहत र गम्भिर बनेको व्यवशायीहरुको गुनासो छ । केही सिमित मिसन अँगालेका मिडियाहरुका कारण सिँगो पत्रकारिता जगतको गरिमामा असर पुग्ने बिषयमा सचेत बन्नुपर्ने बेला आएको उनीहरुको ठम्याई छ ।

व्यवशायीहरुले महासंघको निर्वाचनलाई नमुना बनाउँदै सम्पन्न गर्न सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् ।