काठमाडौँ — कोरोना भाइरसको विश्वव्यापी प्रभावका कारण देखाउँदै नेपाल वायुसेवा निगमले आइतबार राति जापानको नारिताका लागि गर्न लागेको पहिलो उडानको औपचारिक कार्यक्रम स्थगन गरेको छ ।


ADVERTISEMENT


संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तय गरिएको पहिलो उडानको औपचारिक कार्यक्रम नगर्न निर्देशन दिएका हुन्।


ADVERTISEMENT

# # #


उनको निर्देशनपछि निगमले राति विमानस्थलमा गरिने कार्यक्रम रद्द गरेको निगम प्रवक्ता अर्चना खड्काले कान्तिपुरसँग बताइन्। ‘नेपाल वायुसेवा निगमबाट जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा हुन लागेको उडान सुरुवातमा दुवै मुलुकमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना नगर्ने,’ मन्त्रालय मातहतका निकाय सम्वद्धसँगको बैठकपछि गरिएको निर्णयमा लेखिएको छ।