काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका छन् । प्रत्यारोपण गर्नु दुई दिन अगावै प्रधानमन्त्री ओली सोमबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् ।


ADVERTISEMENT


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको बुधबार मिर्गौलाको प्रत्यारोपण हुँदैछ । त्यसको आवश्यक तयारीका लागि उनी अस्पताल भर्ना भएका हुन् । उनलाई भान्जीले मिर्गौला दिने बताइएको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्नेछ । अस्पताल भर्ना हुनुअघि एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आफू छिट्टै आत्मविश्वासका साथ काममा फर्किने बताएका छन् ।

सम्बन्धित समाचार
आफ्नै देशका चिकित्सकबाट मिर्गौला प्रत्यारोपण गराउन पाउँदा गौरवान्वित छु : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीको भिडियो सन्देश : जागृत हुँदै गरेका सपनालाई अलपत्र पारेर म अलप हुन्न

प्रधानमन्त्री ओलीले १२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका थिए । तर, मिर्गौलामा पुनः समस्या आएपछि प्लाज्माफेरोसिसबाट उपचार गर्न गत साउन(भदौमा सिंगापुरमा २ साताबढी बसेका थिए ।

प्लाज्माफेरोसिसबाट पनि सकारात्मक नतिजा नआएपछि प्रधानमन्त्री नियमित हेमोडायलासिस गर्दै आएका थिए । हेमोडायलासिस पनि उपयुक्त हुने नदेखिएपपछि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो ।