काठमाडौँ – अर्धमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् । राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल मंगलबार मध्यरातमा सकिने भएकाले मन्त्री खतिवडाले राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् ।


ADVERTISEMENT


आजैबाट मन्त्री खतिवडा संसदको पद मुक्त भएका छन् । उनी दुई वर्ष अघि राष्ट्रियसभाको सदस्यमा राष्ट्रपतिद्वारा मनोनित भएका थिए । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था रहेको छ । जसअनुसार गोला प्रथाद्वारा गरिएको पदावधि कायम पद्धतिमा उनी दुई वर्षमा परेका थिए ।


ADVERTISEMENT

# # #


निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणपछि मन्त्रीबाट राजीनामा दिएपछि उक्त मन्त्रालयको जिम्मेवारी समेत मन्त्री खतिवडाले सम्हाल्दै आएका थिए ।

यद्दपी सांसद नरहे पनि अर्थमन्त्री खतिवडा भोलि नै मन्त्रीमा पुनः नियुक्त हुने सम्भावना रहेको छ । संविधानको व्यवस्थाअनुसार संघीय सांसद नरहेका व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न पाउँछन्।