साउदी अरेबियाले तेलको उत्पादन बढाउने निर्णय गरेपछि तेलको मूल्य नाटकीय रूपमा ओरालो लागेको छ र बजारहरूमा पनि हलचल भएको छ। साउदी अरेबियाली कदम र कोरोना भाइरस सङ्क्रमणको त्रासको असर अन्तर्राष्ट्रिय बजारमा पनि पर्न थालेको छ।


ADVERTISEMENT


विश्वभरि कोरोनाभाइरसको त्रास बढ्दै गर्दा तेलको मूल्य ओरालो लागेपछि त्यसको असर विश्व बजारमा पर्न थालेको हो। सोमवार बजार खुलेलगत्तै अमेरिकाको न्यूयोर्क र ब्रजिलको साओपाओलोका शेयर बजारहरूमा पनि गिरावट आएका विवरण प्राप्त भएका छन्।


ADVERTISEMENT

# # #


युरोपेली बजारमा असर देखिँदै गर्दा ब्रिटेनको मुख्य शेयर सूचकाङ्कले विश्व आर्थिक सङ्कट भएयताकै खराब दिनको सामना गरेको छ।

शेयरबजारमा धक्का
कोभिड–१९ को आर्थिक असरलाई लिएर गहिरो रुपमा चिन्ता व्यक्त भइरहेका बेला अमेरिकी शेयरबजारमा ठूलो धक्का लागेको छ।
अन्तर्राष्ट्रिय ऊर्जा निकायले सन् २००९को आर्थिक सङ्कट सकिएपछि पहिलो पटक तेलको माग कम हुने भविष्यवाणी गरेको छ।
तेल उत्पादक देशहरूको सङ्गठन ओपेक र रुस तेल उत्पादन कटौती गर्ने विषयमा सहमत नभएपछि बजारमा तेलको परिमाण बढ्ने सम्भावना बढेको छ।

तेल निर्यातकर्ता देशहरूको मुद्रा पनि अवमूल्यन हुन थालेको छ। रुसी रुबल अमेरिकी डलरको तुलनामा छ प्रतिशतले तल झरेको छ।