बुटवल – विश्वमै महामारीको रुप लिँदै गएको कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी सरकारले स्थलमार्गबाट आउनेहरुलाई पनि कडाई गरेपछि सीमानाकामै पर्यटकहरु रोकिएका छन् । कोरोना संक्रमणको उद्गमस्थल चीनलगायतका देशबाट नेपाल प्रवेशमा रोक लगाएसँगै लुम्बिनी आउने पर्यटक बढी प्रभावित बनेका हुन् ।


ADVERTISEMENT


स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकाबाट आउने पर्यटकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । सरकारले चीन, ईरान, ईटाली, कोरिया, जापान, जर्मनी, फ्रान्स र स्पेन गरी आठ देशका नागरिकलाई शुक्रबारबाटै र अन्य देशका नागरिकलाई शनिबारबाट नेपाल प्रबेशमा रोक लगाइएको अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनालको भनाइ छ ।


ADVERTISEMENT

# # #


सरकारले नेपाल प्रवेशमा रोक लगाएपछि जर्मन, फ्रान्स तथा स्पेनका नागरिक सीमानाकाबाटै फर्किएका छन् । भारत हुँँदै लुम्बिनीको भ्रमण गर्न आएका विभिन्न देशका नागरिकहरु नाकामा रोकिएसँगै निराश भएर फर्किन थालेका छन् ।

प्रदेश ५ सरकारले पनि बेलहिया लगायतका नाकाबाट आवतजावत गर्ने सवारी साधनलाई समेत रोक्न निर्देशन दिइसकेको छ ।

सरकारले रुपन्देहीको बेलहिया नाका, बाँकेको रुपौडिया र नवलपरासी, कपिलवस्तु, दाङ, बर्दियाबाट सहजै भारत आउन जान सकिने भएकाले उक्त नाकामा कडाइ गर्न निर्देशन दिइएको हो ।