काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का राष्ट्र र सरकार प्रमुखबीच आज भिडिओ कन्फरेन्स हुने भएको छ।


ADVERTISEMENT


फाईल फोटो

विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसविरूद्ध लड्न साझा रणनीति बनाउनेबारे दक्षिण एसियाली मुलुकका नेताहरूले नेपाली समय अनुसार साँझ सवा पाँच बजे छलफल गर्ने भएका हुन् ।


ADVERTISEMENT

# # #


उक्त भिडिओ कन्फरेन्समा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनेछन्।

फाईल फोटो

दक्षिण एसियाली मुलुकबीच कोरोना भाइरसविरूद्ध लड्न साझा रणनीति बनाउने भारतको प्रस्ताव सकारात्मक भन्दै यसअघि नै प्रधानमन्त्री मोदीको प्रस्तावलाई प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले यस्को स्वागत गरेका छन् ।

ुसार्क अध्यक्ष राष्ट्रका हैसियतमा प्रधानमन्त्री ओलीले हिजो नै उहाँको प्रस्तावको स्वागत गर्नुभएको छ। यसले कुनै मुद्दामा दक्षिण एसियाका मुलुकहरू मिलेर जानुपर्छ भन्ने सन्देश दिएको छ,ु परराष्ट्र सल्लाहकार राजन भट्टराईले हिमालय पोष्टसंग भने।