काठमाडौँ– २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पपछि पराकम्प जाने क्रम अझै रोकिएको छैन ।


ADVERTISEMENT


सोमबार साँझ ५ बजेर ४८ मिनेटमा दोलखाको जुगु केन्द्रबिन्दू बनाएर ४.६ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यो गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ ।


ADVERTISEMENT

# # #


दोलखा लगायत आसपासका जिल्लाहरु र काठमाडौंमा समेत भूकम्पको धक्का महशुस गरिएको थियो ।

गोरखा भूकम्पपछि अहिलेसम्म ४ म्याग्निच्यूड माथिका ४८५ पराकम्प गएको केन्द्रले जानकारी दिएको छ ।