काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले यही चैत ६ गतेबाट सुरु हुने एईई परीक्षा सर्न सक्ने संकेत गरेका छन् ।


ADVERTISEMENT


आइतबार राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ दिनेक्रममा स्वास्थ्यमन्त्री ढकालले विश्वभर फैलिरहेको कोरोना भाइरसको जोखिनलाई नेपालमा फैलिन नदिन एसईई परीक्षा सार्ने अवस्था आउन सक्ने बताएका हुन् । यद्दपी परीक्षा लाई केही पर सार्ने वा नसार्ने भन्ने निर्णय केही दिनको अवस्था हेरेर मात्रै निर्णय हुने बताए ।


ADVERTISEMENT

# # #


कक्षा १ देखि ९ सम्मका करित्र ५० लाख विद्यार्थी चैत्र ५ गतेसम्म परीक्षा दिएर उक्निने भएकाले त्यसमा कुनै निर्णय गर्न नपर्ने उनले बताए । ‘एसईई परीक्षा चैत ५ गते पछाडि सञ्चालन हुँदैछ । चैत ४ गतेसम्मको अवस्था हेर्दाखेरि छिमेकी मित्र राष्ट्रहरुसँग आइपुगेको त्यो संक्रमण यहाँ भित्रियो भने त्यो जोखिमबाट जोगिनलाई परीक्षा स्थगन गर्नुपछ, त्यसमा कुनै दुविधा रहेन ।’ उनले भने, ‘तर अलिकति समय लगाएर हेर्दै जाउँ भन्ने खालको कुरा छ ।’

यस्तै उनले कोरोनाको संक्रमणका कारण अन्य क्षेत्र प्रधावित गर्ने भएकाले त्यसतर्फ पनि सरकारले आवश्यक तयारी गरिरहेको बताए ।