काठमाण्डौ ‍ –  टोकियो ओलम्पिकको टर्च र्‍याली आगामी सातादेखि ग्रिसको एथेन्सबाट सुरु हुँदैछ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण यस पटकको ओलम्पिकको टर्च र्‍याली दर्शकबिहीन स्टेडियममा हुने भएको छ ।


ADVERTISEMENT


सन् १८९६ देखि सुरु भएको टर्च हस्तान्तरणको कार्यक्रममा यसअघिसम्म हजारौं समर्थकको सहभागिता हुने गर्थो । यसपटक भने सुनसान रंगशालामा टर्च र्याली हुने भएको हो । ग्रिसमा अहिलेसम्म २ सय २८ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।


ADVERTISEMENT

# # #