काठमाडौँ– कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले संशोधन विधेयकको विपक्षमा भोट हाल्न तथा मतदान प्रक्रियामा अनिवार्य उपस्थित नहुने सांसदलाई कारबाही गर्ने तयारी गरेको छ। अनिवार्य उपस्थित भएर विपक्षमा ह्वीप जारी गरे पनि राप्रपाका ३७ मध्ये १८ सांसदले त्यसको उलंघन गरेपछि कारबाहीको तयारी गरेको छ ।


ADVERTISEMENT


राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार ह्वीप बमोजिम १९ सांसदले संशोधन विधेयकको विपक्षमा भोट हालेका छन्। ह्वीप नमान्नेको सम्बन्धमा निर्णय गर्न मंगलबार बिहान केन्द्रीय कार्यसम्पादन तथा संसदीय दलको संयुक्त बैठक बोलाइएको उनले सेतोपाटीलाई बताए।


ADVERTISEMENT

# # #


राप्रपा स्रोतका अनुसार उनीहरुलाई मंगलबारको बैठकबाट निष्काशनसम्मको कारबाही गर्ने तयारी गरिएको छ।

आज संशोधन विधेयक निणायर्थ प्रस्तुत हुँदा संसद बैठकमा उपस्थित भएर निम्न १९ सांसदहरुले मतदान गरेका थिए।

  • कमल थापा
  • जयन्त चन्द
  • दिलनाथ गिरी
  • विक्रम बहादुर थापा
  • गंगाप्रसाद यादव
  • कुन्ती कुमारी शाही
  • भाष्कर भद्रा
  • दिनेश श्रेष्ठ
  • सुशील श्रेष्ठ
  • परशुराम तामाङ
  • राजेश्वरी देवी
  • लिला श्रेष्ठ
  • भक्त बहादुर खपाङ्गी
  • श्यामसुन्दर टिवडेवाल
  • राजकुमार अग्रवाल
  • राम दुलारी चौधरी
  • श्री कान्ति पासी
  • गणेश थापा
  • कान्ता भट्टराई

बाँकी १८ सांसद पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा गएकाले आज उपस्थित भएनन्।

राप्रपाको बिहान सम्पन्न संसदीय दलको बैठकले संशोधनको विपक्षमा मत हाल्न सांसदहरुलाई ह्वीप जारी गरेको थियो ।

यसैबीच आजै भएको संशोधन विधेयक निणायर्थ प्रस्तुत हुँदा ४८ मत नपुगेर संशोधन विधेयक अस्वीकृत भइसकेको छ ।

संसदमा रहेका कूल ५९२ सांसद मध्ये संशोधनको पक्षमा ३४७ मात्रै मत परेको थियो भने विपक्षमा २०६ मत परेको थियो । संशोधन विधेय पास हुनको लागि ३९५ मत आवश्यक पर्छ