काठमाडौँ – नेपाली सेनाले प्रत्येक वर्ष सैनिक मञ्च टुँडिखेलमा मनाउँदै आएको घोडेजात्रा यस वर्ष भने केही प्रभावित हुने भएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको जोखिमका कारण ‘घोडेजात्रा समारोह’ हुने भएको हो ।


ADVERTISEMENT


यस वर्षको ‘समारोह’मा विशिष्ट तथा अन्य पाहुनाहरु (भीआइपी) सहभागी नहुने नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘हाल विश्वमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) चैत्र ११ गते मनाइने घोडेजात्रा समारोहमा विशिष्ट तथा अन्य पाहुनाहरुलाई सहभागी नगराउने निर्णय गरिएको छ ।’


ADVERTISEMENT

# # #


समारोहमा परम्परालाई कायम राख्‍ने उद्देश्यका साथ आन्तरिक रुपमा सिमित व्यक्तिहरुको मात्रै उपस्थिती रहने सेनाले जनाएको छ । समारोहलाई विभिन्‍न टेलिभिजनहरुमार्फत प्रत्यक्ष प्रसारण गर्न व्यवस्था मिलाइएको सेनाको भनाई छ ।