काठमाडौं– संयुक्त राष्ट्र संघले आयोजना गरेको युवा सम्मेलनमा सहभागि नेपाल विद्यार्थी संघको प्रितिनिधि टोली स्वदेश फर्किएको छ। नेविसंघ अध्यक्ष नैन सिंह महरको नेतृत्वमा गएको तीन सदस्यीय टोली आइतबार राति फर्किएको हो।


ADVERTISEMENT


राष्ट्र संघले आयोजना गरेको दीगो विकास लक्ष्य सम्बन्धी तीन दिने सम्मेलनमा पहिलो पटक नेपालबाट युवाहरुलाई सहभागि गराइएको थियो। सम्मेलनमा १७ वटा विभिन्न एजेण्डामा छलफल भएको नेविसंघ अध्यक्ष महरले बताए।


ADVERTISEMENT

# # #


उनले समावेशी, गुणस्तरीय शिक्षा, गरीवि निवारण लगायतका विषयमा नेपालका तर्फबाट आफूहरुले कार्यपत्र प्रस्तुत गरेको बताए। साथै बाढीपहिरोबाट देशमा भएको क्षतिबारे समेत राष्टसंघमा कुरा उठाएको र सहयोगका लागि समेत आग्रह गरेको बताए।

सम्मेलनमा महरका साथै नेविसंघका महामन्त्री सरोजकुमार थापा र डम्बर सुनार पनि सहभागि थिए।