जनकपुर – प्रदेश २ को जानकी राख्ने नेकपाको प्रस्ताव अस्वीकृत भएको छ । मंगलबार प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्नका लागि गोप्य मतदान भएको मतदानमा नेकपाले प्रस्ताव गरेको ‘जानकी’ नामले प्रदेशसभामा बहुमत पाउन सकेन ।


ADVERTISEMENT


जानकी नामको पक्षमा ३७ मत खसेको छ भने विपक्षमा ७० मत परेको छ । प्रदेशको नाम र स्थायी राजधानीका लागि दुई तिहाई बहुमत चाहिन्छ । १०७ सदस्यीय प्रदेशसभामा ७२ मत चाहिन्छ, जुन कुनै पनि पार्टीसँग छैन ।


ADVERTISEMENT

# # #


अब अर्को नामका लागि आजै पुनः मतदान हुनेछ । नेकपाबाहेक सत्तारुढ दल समाजवादी पार्टी र राजपा नेपालका सांसदहरुले मधेश प्रदेश, प्रतिपक्षी नेपाली काँग्रेसले मिथिला प्रदेश प्रस्ताव राखेका छन् ।