जनकपुर – प्रदेश २ को नाम ‘मध्य मधेश’ राख्ने प्रस्तावसमेत अस्वीकृत भएको छ । नेकपाद्वारा प्रस्तावित ‘जानकी’ र कांग्रेसद्वारा प्रस्तावित ‘मिथिला भोजपुरा’ अस्वीकृत भए लगत्तै ‘मध्य मधेश’ नाम पनि अस्वीकृत भएको हो ।


ADVERTISEMENT


मंगलबार मंगलबार प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्नका लागि गोप्य मतदान भएको मतदानमा उक्त नाम अस्वीकृत भएको हो । ‘मध्य मधेश’ नामका पक्षमा ४२ मत परेको छ ।


ADVERTISEMENT

# # #


१०७ सदस्यीय प्रदेशसभामा ७२ मत चाहिन्छ, जुन कुनै पनि पार्टीसँग छैन । यसअघि जानकी नामको पक्षमा ३७ मत खसे थियो भने विपक्षमा ७० मत परेको थियो । यस्तै ‘मिथिला भोजपुरा’का पक्षमा जम्मा २८ मत परेको छ र विपक्षमा ७९ मत खसेको थियो ।

प्रदेशको नाम र स्थायी राजधानीका लागि दुई तिहाई बहुमत चाहिन्छ ।