रियाद — साउदी अरबमा सोमबारदेखि २१ दिनसम्म साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइने भएको छ । साउदी राजा सलमान बिन अब्दुलअजिजले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि आंशिक रुपमा कर्फ्युको घोषणा गरेका हुन् । साउदी अरेबियाको आन्तरिक मामिला मन्त्रालयले सैनिक अधिकार र नागरकिलाई कर्फ्युको पालना गर्न गराउन निर्देशन दिएको छ ।


ADVERTISEMENT


महत्वपूर्ण सार्वजनिक क्षेत्र र निजी क्षेत्रका कामदारलाई भने नियमित रुपमा काम गर्न दिइने एजेन्सीले जनाएको छ । सुरक्षा क्षेत्र, सेना, सञ्चारमाध्यम, स्वास्थ्य सेवा र अन्य सेवा क्षेत्रका कामदारलाई कर्फ्यु लागू हुने छैन ।


ADVERTISEMENT

# # #


साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले कर्फ्युको अवधिका नागरिकलाई घरमै बस्न आग्रह गरेको छ । अत्यावश्यक अवस्थामा बाहेक बाहिर निस्किएमा कारबाही गरिने पनि मन्त्रालयले जनाएको छ ।

सोमबार बिहानसम्म साउदी अरबमा ५ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।