सिन्धुपाल्चोक – सरकारले कोरोना भाइरसको संक्रमण रोकथामका लागि बन्द गरेको चीन जोड्ने सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका खोल्ने निर्णय गरेपनि अझै सञ्चालनमा आएको छैन । चीन सरकारले दिएको मेडिकल कीट लगायत सामग्री सहित हिजो खोल्ने निश्चित गरिएको सीमावर्ती तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउने मिति सरेको हो ।


ADVERTISEMENT


गत बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तातोपानी नाका खुलाउने निर्णय गरेको थियो । नाकामा सुरक्षा स्वास्थ्य अवस्थालाई केन्द्रबिन्दु बनाएर प्रशासन, प्रहरी, भन्सार कार्यालयसँग जनप्रतिनिधिबीच बृहत छलफलपछि मात्रै नाका खुलाइने भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताउनुभयो ।


ADVERTISEMENT

# # #