रुपन्देही – तिलोत्तमा नगरपालिकाले मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई घरघरमै पुगेर खाद्यान्न उपलब्ध गराउन थालेको छ । लकडाउन अवधिमा विपन्न वर्गलाई छाक टार्न समस्या भएपछि नगरपालिकाले टोल विकास संस्थाहरुको सिफारिशमा  खाद्यान्न उपलब्ध गराउन सुरु गरेको नगरका उपप्रमुख जावेश्वरी चौधरीले बताए  ।


ADVERTISEMENT


नगरपालिकाले वडा नम्बर ४ बाट सुरु गरेको खाद्यन्न वितरण कार्यक्रम सबै वडामा सञ्चालन गरिने चौधरीले बताए  । कोभिड–१९ संक्रमणको जोखिमका कारण देशव्यापी ‘लकडाउन’ भएकाले मजदुरी गर्न नपाउँदा छाक टार्नै समस्या हुने परिवारका लागि तत्काल प्रति परिवार १० किलो चामल, दुई किलो दाल र एक किलो नुन घरमै पुर्‍याइदिने गरी नगरपालिकाले निर्णय गरेको थियो ।


ADVERTISEMENT

# # #