काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसबाट प्रभावित न्यून आय भएका व्यक्तिका लागि तत्काल राहत प्याकेज घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT


सभापति देउवाले विश्वभरि फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प भए पनि यसबाट प्रभावित न्युन आय भएकालाई सरकारले छुट्टै व्यवस्था गर्नुपर्ने भन्दै तत्काल विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग अनुरोध गरेका हुन् ।


ADVERTISEMENT

# # #


सभापति देउवाले लकडाउनमा सरकारले दैनिक ज्यालादारी र न्यून आय भएकाको दैनिक गुजारा चलाउने प्रबन्ध गर्नुपर्ने बताएका छन् ।