युरोपेली देश स्पेनमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या १० हजार नाघिसकेको छ। भाइरसका कारण सबैभन्दा बढी प्रभावित देशमध्येमा स्पेन दोस्रो स्थानमा छ।


ADVERTISEMENT


यसअघि नै बेरोजगारीको समस्या झेल्दै आएको स्पेनलाई भाइसरको संक्रमणले थप समस्यामा पारेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मार्च महिनामा मात्र करिब ९ लाख स्पेनीले रोजगारी गुमाएका छन्।


ADVERTISEMENT

# # #


स्पेनले मार्च सुरुदेखि अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गरिसकेको छ। स्पेन सरकारका अनुसार लकडाउनका कारण ५ लाख ५० हजार अस्थायी कामदारसहित ८ लाख ९८ हजार ८ सय २२ जनाले रोजगारी गुमाएका हुन्।

पछिल्लो तथ्यांकअनुसार हाल स्पेनमा बेरोजगारीको संख्या ३५ लाख पुगेको छ। जुन २०१७ को अप्रिलयताकै उच्च हो। श्रममन्त्री योलान्दा डियाजले पर्यटन र निर्माण क्षेत्र नराम्ररी प्रभावित भएको बताएका छन्।

कोभिड–१९ का कारण विश्वभर कम्तीमा २ करोड ५० लाखले रोजगारी गुमाउने संयुक्त राष्ट्रसंघले अनुमान गरेको छ।