– वाशु नेपाल 


ADVERTISEMENT


हाल कोरोना अर्थात कोभिड–१९ को महामारीले विश्वव्यापी रुप लिइरहेको तथा विश्वका सबै मुलुकहरू यसविरुद्ध आ–आफ्नो सामार्थ्यानुरुप लडिरहेको तीतो यथार्थ सर्वविदितै छ । नेपालमा पनि संक्रमणका केही तथ्यहरु पुष्टी भएको तथा मुलुक ‘लकडाउन’मा गुज्रदै यसका विरुद्ध संघर्ष गरिरहेको छ । संक्रमितहरु उपचाररत, आशंका गरिएकाहरुको स्वास्थ्य परीक्षण, आइसोलेसन साथै अन्यहरु सबै क्वारेन्टाइनमा बसिरहेको अवस्था विश्वभरका मुलुकहरुले भोगिरहेको र नेपालले पनि सोही परिस्थितिको सामाना गरिरहेको तपाईं हामी सम्पूर्ण नेपालीहरुमाझ छर्लङ्ग छ ।


ADVERTISEMENT

# # #


यस्तो दुःखद अवस्थाको सामना गर्दै आफ्ना जनताको जीवन रक्षाको खातिर सबैखाले तयारी गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्द केही समययता नेपथ्यमा योजना बुन्दै शृङ्खलाबद्ध आक्रमण प्रयासहरु भइरहेका छन । कोरोनाविरुद्ध सरकार बेलैमा सचेत नभएको भए यतिका दिनसम्ममा मुलुकमा कोरोनाको कारण धेरै अप्रिय घटनाहरू घटिसकेका हुन्थे । एसईई परीक्षाको पूर्वसन्ध्यामा उक्त परीक्षा स्थगित गरिंदा धेरै स्वाँठहरुले देशव्यापी रोइलो मच्चाउन र ठूलै भ्रमको खेती लाउन भ्याईसकेका थिए । यदि विद्यालय तथा विश्वविद्यालयका परीक्षा तथा कक्षाहरु बेलैमा सम्पन्न वा स्थगित गर्न सरकारले निर्देशन र निर्णय नगरेको भए कस्तो स्थितिको सिर्जना हुन्थ्यो आज ती बज्रस्वाँठहरुको शैतानी खोपडीले सोच्न पनि सक्दैनथ्यो किनकि उनीहरु पनि अस्पतालको बेडमा कोरोनासँगको लडाइँमा शिथिल भैसकेका हुन्थे ।

कुरा कहाँनेर प्रष्ट छ भने सरकारविरुद्धको आक्रमण कुनै एक अमुर्त पात्रले नभई प्रवृती, संस्कार र पात्रहरूको सामुहिक झुण्डले गरिरहेको छ । ईतिहासका कालखण्डमा यस्ता प्रवृत्ति र संस्कारभित्र विभिन्न अवसरवादी व्यक्तिहरुको आवतजावत र उठबस हुने गर्दछ । तसर्थ सो प्रवृत्ति एउटा ठूलै अवसरवादी, सामन्ती, प्रतिक्रियावादी तथा दुषित राजनीतिक खेलाडीहरुको सामूहिक झुण्ड हो । यसले सदैव सुसंस्कार, सुव्यवस्था, शान्ति तथा स्थायित्वभित्र डुरे मुसो झै छिरेर ढाडे बिरालो बन्ने प्रयत्न गर्छ भने सदैव पानी धमिल्याई माछा मार्ने दुस्साहसी हर्कतहरुलाई निरन्तरता दिन अनेकन हत्कण्डाहरु मच्चाउदै छदमे पाखण्डी खेल खेल्दै आम मानिसहरुलाई अस्थायी दर्शक र पूजारी समेत बनाउन असफल यत्न गर्ने गर्दछ । जसरी शुद्धाईँको भतेर खान पल्केका स्वादे स्वार्थी जिब्रोहरु सदैव मान्छे मरिरहुन् भन्ने घृणित चाहना राख्छन, त्यसरी नै यी प्रवृतिहरु पनि आफ्नो अभीष्ट पूरा गर्न अनेकन बहानामा उपद्रो मच्चाईरहन्छ्न ।

तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथिको आक्रमण, योगेशमाथिको भद्दा आक्रमण प्रयास, अहोरात्र जनताको स्वास्थ्यको खातिर खटिइरहनुभएका स्वास्थ्य मन्त्रीमाथिको गिद्दे कचेरे आँखाले देखेको कथित भ्रस्टाचारको आरोप तथा पछिल्लो पटक नेपाली सेनालाईसमेत विवादित तुल्याउन रचिएका षडयन्त्रबाट उत्पादित असफल आक्रमणका प्रयासहरु ‘मिसन अट्याक्ट अगेन्स्ट केपी एन्ड हिज मेन’ भन्दा अरु हुनै सक्तैन ।

सरकारलाई असफल बनाउन पार्टी तथा सरकारभित्रै छुट्टै प्रतिपक्ष खडा गरेर सरकारले गरेका सबै कामको नकारात्मक प्रचारबाजी गर्ने गरिएको छ । यस्तो प्रचारबाजी सामान्यदेखि जटिल प्रकृतिको हुने गर्दछ । तसर्थ प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार बढी जनप्रिय र इतिहासकै सर्वाधिक लोकप्रिय भैरहेको अवस्थामा सरकारको सफलतालाई सहन नसकेर भविष्यमा आफू र संवद्धहरुको अस्तित्व समाप्त हुने खतरा देखेपपछि बाबुरामलाई प्रधानमन्त्री हुँदा हुँदा, वैद्य तथा चन्दहरुलाई पार्टीमै हुँदा असफल पार्ने पात्रहरुले हाल सोही जटिल प्रकृतिको बखेडा उत्पादन गर्न उक्त प्रतिपक्षभित्र माफिया, दलाल , एजेन्ट, भिजिलान्ते, पुजारी, ढोके, द्वारे, हुक्के, बैठके, गणेशे साथै हनुमाने सहित छुल्याहा, हुल्याहा र भँडुवा प्रवृती समेतको भर्ती गर्दै योजनवद्धरुपमा घृणित आक्रमण प्रयास गरिरहेका छन ।

सदैव आफू शक्तिमा रहिरहनुपर्ने र आफ्नो कथित शक्तिको पूजा गणेशले झैं गर्नुपर्ने मानसिक रोगले ग्रसित पात्रहरुले हाल क्वारेन्टाइनमा बस्दा खाली भएको शैतानी दिमाग सम्पूर्णरुपले सरकारको आक्रमणमै खर्चिरहेका छन । तर, यस्ता घृणित रुन्चे खेलाडीहरुको खेल न त मैदानमै बिक्नेछ न त यिनीहरुको नाटक मन्चन गर्न थिएटर नै खाली गरिनेछ । यस्ताहरुको रडाको अब सडक नाटकमा सीमित हुनेछ र यिनीहरुलाई नाङ्गेझार पारेर सडकमै ओरालिनेछ किनकी खानेपानीको पाईपमा जोडिन गएको ढल त्यही खानेपानी अर्थात शुद्ध पानीले नै सफा गर्ने ल्याकत राख्दछ ।

तसर्थ सिङ्गो विश्व यस महामारीविरुद्ध लडिरहेको अवस्थामा नेपालमा यसरी सरकारविरोधी हर्कतहरु हुनु निश्चय नै तपाईं हामी आम सर्वसाधारणका लागि दुःखद कुरा हो । हाल प्रचलित संविधानको धारा २६७ मा सेनासम्बन्धी स्पष्ट व्याख्या गरिएको छ । विकास निर्माण, फास्टट्र्याक, बिपद व्यवस्थापन, उद्दार लगायतका कार्यहरुमा दक्षता हासिल गरिसकेको सरकारको एउटा अंग नेपाली सेनालाई यो महामारीको अवस्थामा स्वास्थ्य सामाग्री ल्याउने जिम्मेवारी दिइनु अत्यन्तै सराहनीय कार्य हुनेछ । कोरोनाविरुद्दको होशियारीमा कयौं महाशक्ति राष्ट्रभन्दा नेपाल अगाडि रहेको तथ्यांकले देखाइरहेका छन् । तसर्थ यो विपत्तिलाई समाधान गर्न सरकारका हरेक कामकारबाहीलाई पूर्ण साथ, सहयोग र समर्थन गर्दै नियमपूर्वक क्वारेन्टाइनमै बसी उच्च मनोबलका साथ अघि बढ्नु आम नेपाली जनसमुदायहरुको एकमात्र निर्विकल्प आवश्यकता हो ।

(लेखक, दुःखको साथी नेपालका महासचिव हुन् )

(लेखक, दु:खको साथी नेपालका महासचिव हुन् )