राजविराज-  र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड- १९ परीक्षण गर्दा सप्तरीमा दुई जनाको नतिजा पोजटिभ देखिएको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मंगलबार ७ जनाको आरडिटि टेस्ट गरिएकोमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो।


ADVERTISEMENT


‘७ मध्ये २ जनाको नतिजा पोजेटिभ आएको छ,’  अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले भने, ‘उनीहरु सप्तरीकै स्थायी बासिन्दा हुन्।’


ADVERTISEMENT

# # #


उनीहरु सबैको स्वाबको नमुना संकलन गरी परिक्षण गर्न मंगलबारै धरान स्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।