विराटनगर – उदयपुरको एउटै मस्जिदमा भेटिएका १२ जना कोरोना संक्रमितलाई विराटनगरको कोरोना विषेश अस्पतालमा राखिएको छ ।


ADVERTISEMENT


शुक्रबार संक्रमण देखिएका एक नेपाली र ११ जना भारतीय नागरिकलाई प्रदेश १ सरकारले निर्माण गरेको कोरोना विषेश अस्पतालमा राखिएको हो ।


ADVERTISEMENT

# # #


संक्रमितसँगै आएका ४ जनालाई भने मोरङको टाडीस्थित क्वारेन्टाइनमा राखिएको छ । उदयपुरको मस्जिदमा बस्दै आएका १६ जनामध्ये १२ जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

उनीहरु सबै नुरुी मस्जिदमा भेटिएको मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले जानकारी दिए । नेपालमा एकै दिन यतिधेरै सङ्ख्यामा सङ्क्रमित रहेको पहिलो पटक हो । यसअघि छिटफुटरुपमा परीक्षणका क्रममा सङ्क्रमित भेटिएका थिए ।