एजेन्सी – अमेरिकाका बिभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु बन्दुक बोकेर लकडाउनविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।


ADVERTISEMENT


अमेरिकाका मिशिगन, ओहियो, उत्तरी क्यारोलिना, मिनेसोटा, भर्जिनिया, केन्टकी, ओहायो, उटा लगायतका स्थानमा विरोध प्रदर्शन भएको बीबीसीले जनाएको छ । यी राज्यहरु डेमोक्रेट्स पार्टीको नेतृत्वमा छन् ।


ADVERTISEMENT

# # #


लकडाउनले अर्थव्यवस्था धरासायी हुने भन्दै गरिएको यो प्रदर्शनको समर्थन राष्ट्रपति ट्रम्पले गरेका छन् । ट्रम्पले प्रदर्शन भएका स्थान ट्वीटरमा उल्लेख गरेरै लकडाउन खुकुलो पार्न आग्रह पनि गरेका छन् ।

तर ट्रम्पले प्रदर्शन भएका ओहायो र उटालाई ट्वीटरमा उल्लेख नगरेकाले यस प्रदर्शनलाई उनले राजनीतिक रंग दिन खोजेको टिप्पणी गरिएको छ ।

ट्रम्पले लकडाउन खुकुलो पार्दै लैजाने योजना बिहीबार सार्वजनिक गरेका थिए ।अमेरिका कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको देश हो ।