काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पदाधिकारीको बैठक  पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी छ ।


ADVERTISEMENT


बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा उपचारका लागि सरकारका तर्फबाट भएका काम कारबाही र पार्टीको भूमिका लगायत विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।


ADVERTISEMENT

# # #


कोरोना भाइरस संक्रमित संख्या वृद्धि भइरहेको र पैदल हिँडेर मानिसहरू भोकभोकै गन्तव्य तर्फ गइरहेको सन्दर्भमा कंग्रेसले पार्टीगत धारणा तय गर्न लागेको हो ।

कोरोना संक्रमण रोकथामका लागि बन्दाबन्दी मात्रै गरेर नपुग्ने भन्दै कांग्रेसले दैनिक ज्यालामजदुरी गरेर जिनिकोपार्जन गर्दै आएको सर्वसाधरणको दैनिकीबारे ख्याल गर्न तथा राहत वितरणलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउने बताएको छ ।