उदयपुर- कोरोना भाइरसको संक्रमित उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्रलाई अहिले सिल गर्ने तयारी गरिएको छ । हिजो साँझदेखि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने आवत–जावत पूर्ण रुपमा प्रतिबन्ध लगाइको छ । त्यहाँको मस्जिदमा बस्दै आएका ११ भारतीय सहित १२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।


ADVERTISEMENT


१२ मध्ये एक नेपाली हुन् । लकडाउन कै अवधिमा भुल्के मस्जिदमा आएर वसेका ३४, २९, २६, २८,२८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षका पूरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुसँगै ४ नेपाली आएका थिए ।


ADVERTISEMENT

# # #