काठमाडौ । नेपाली कांग्रेसकी प्रभावसाली नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोईरालाले नेविसंघ ५१ औ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना दिएकी छन् ।


ADVERTISEMENT


बिधार्थिहरुको हक, हित र अधिकारको साथै देशको शैक्षिक क्षेत्रमा आमूल परिवर्तन गरि सबैको लागि शिक्षा प्रदान गर्ने र गराउने महान उद्देश्य लिई स्थापना भएको नेपाल बिधार्थि संघ आफ्नो स्थापनाको ५० औं बर्ष पुरा गरि आज ५१ औ बर्षमा प्रवेश गरेको यस सुखद उपलक्ष्यमा म सम्पूर्ण बिधार्थि भाईबैनिहरुलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।


ADVERTISEMENT

# # #


गौरवशाली ईतिहास बोकेको नेपाल बिधार्थि संघले प्रजातन्त्रको लागि आज सम्म भएका सम्पूर्ण आन्दोलन तथा जनआन्दोलनहरुमा नेतृत्वदायी भूमिका खेलेको छ ।

नेविसंघको सक्रियता, भूमिका र नेतृत्व बिना नेपालको प्रजातान्त्रिक आन्दोलन सफल हुने थिएन । देशमा लोकतन्त्र स्थापनार्थ भएका आन्दोलनहरुमा ने.वि.संघका होनाहार बिधार्थि नेताहरुले सहादत प्राप्त गरेका छन् । ति शहिदहरुप्रति पनि हार्दिक श्रदान्जली ब्यक्त गर्न चाहन्छु ।

नेविसंघले हिजोको दिनमा देशमा लोकतन्त्र स्थापनाको लागि र शैक्षिक क्षेत्र बिकासको लागि जुन भूमिका खेलेको छ । आगामि दिनमा पनि देशमा संघिय लोकतान्त्रीक गणतन्त्रको पहरेदार भई समयानुकुल शिक्षा प्राप्ती गर्ने गराउने साथै राष्ट्र निर्माणको लागि हरेक क्षेत्रमा आफ्नो दक्षता, सिप र ज्ञानको प्रयोग गरि देशलाई समृद्द बनाउने कार्यमा आफूलाई सर्मपित गराउनेछ भन्ने बिश्वास लिएको छु ।

हाल देश कोरना भाईरस (Covid-19)का कारण Lockdown को अबस्थामा रहेकोले यस बिषम परिस्थीतिमा अप्ठ्यारोमा परेका बिधार्थिहरुलाई सहयोग गर्न समेत ने.वि.संघलाई अनुरोध गरेकी छन् ।