काठमाडौँ — सोमबार रातिदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले केही ठाउँमा हावाहुरी, चट्याङ र असिनासहित पानी पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।


ADVERTISEMENT


स्थानीय वायु र पश्विमी वायुको प्रभाव रहेकाले अहिले मुलुकका अधिकांश स्थानमा सामान्य बदली रही मेघ गर्जन, चट्याङरहावाहुरीसहित वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ।


ADVERTISEMENT

# # #


आगामी तीन दिनको मौसम पूर्वानुमान

वैशाख ९ गते (मंगलबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जनर चट्याङ र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

राति : देशभर आंशिक देखि सामान्य बदली रहि थेरै स्थानहरुमा मेघगर्जनर चट्याङर असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

वैशाख १० गते (बुधबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहने छ। अपरान्हपश्चात् पहाडी भू- भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङ र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

राति : देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङ र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

वैशाख ११ गते (बिहीबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वी भू-भागका थेरै केही स्थानहरुमा मेघगर्जनर चट्याङ र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वी भू-भागका थेरै केही स्थानहरुमा मेघगर्जनर चट्याङ र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।