एजेन्सी –  भारतमा विगत केही दिन यता स्वास्थ्यकर्मीहरुमाथि आक्रमण र दुव्र्यवहार बढ्दै गएपछि त्यसलाई रोक्न केन्द्र सरकारले कडा कानुन ल्याएको छ ।
सरकारले महाव्याधि नियन्त्रण तथा रोकथामसम्बन्धी सय वर्षभन्दा पुरानो कानुनलाई संशोधन गर्दै सजाय कडा पारेको हो । नरेन्द्र मोदी नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले त्यस्ता गतिविधिमा संलग्न हुनेलाई ६ महिनादेखि ७ वर्षसम्मको सजाय हुने गरी सन् १८९७ को महामारीविरुद्धको ऐनमा संशोधन गर्नका लागि नयाँ अध्यादेश पारित गरेको छ ।साथै, दोषीलाई १ लाखदेखि ५ लाखसम्मको जरिवाना गर्ने व्यवस्थासमेत अध्यादेशमा गरिएको छ ।


ADVERTISEMENT


कोभिड–१९ संक्रमित बिरामीहरुको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि पछिल्ला दिनमा भौतिक आक्रमण र दुव्र्यवहार बढ्दै गएको थियो । भारतका विभिन्न स्थानमा ती स्वास्थ्यकर्मीले भाइरस फैलाएको भन्दै भौतिक आक्रमणसमेत भएका थिए ।


ADVERTISEMENT

# # #