उत्तर कोरिया र दक्षिण कोरियाको सीमा क्षेत्रमा दुवै देशका सैनिकबीच गोली हानाहान भएको छ । समाचार संस्था एएफपीका अनुसार गैरसैन्य क्षेत्र(डिमिलिटराइज्ड जोन) मा आइतबार बिहान उत्तर कोरियाली सैनिकले गोली चलाएपछि दक्षिण कोरियालले जवाफी फायर गरेको हो ।


ADVERTISEMENT


उत्तर कोरियाली नेता किम जोङ उन सार्वजनिक भएको एक दिनपछि कोरियाली प्रायद्वीपमा दुई देशका सैनिकबीच गोली हानाहान भएको हो । दक्षिण कोरियाली सेनाको गार्ड पोस्टलाई लक्षित गरी उत्तरबाट पटक–पटक गोली प्रहार भएपछि जवाफी फायर गरिएको दक्षिण कोरियाली सेनाले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #