काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले आज सङ्घीय संसद् भवनका विभिन्न शाखाको अवलोकन गरी जानकारी लिएका छन् । उनले मिडिया सेन्टरको अवलोकन गरी विषम परिस्थितिमा सेन्टरमार्फत भइरहेको समाचार सङ्कलन, सम्प्रेषण र उपलब्ध प्रविधिबारे जानकारी लिएका थिए ।


ADVERTISEMENT


सो अवसरमा राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता भीष्मराज ओझाले सेन्टरबाट सञ्चारकर्मीहरुले सामाजिक दूरी कायम गरी समाचार सङ्कलन र सम्प्रेषणको काम भइरहेको जानकारी दिएका थिए ।


ADVERTISEMENT

# # #


सभामुखले आजै सङ्घीय संसद्अन्तर्गतका दुवै सदनका विद्युत् शाखा, साउन्ड, युट्युब लगायतका शाखाले गरिरहेका कामको स्थलगत जानकारी लिए । साथै संसद् परिसरको क्यान्टिनको अवलोकन गर्दै विषम परिस्थितिमा सामाजिक दूरी कायम गरी स्वास्थ्यसम्बन्धी सबै सुुझाव पालना गर्न सबैलाई निर्देशन दिएका थिए । अवलोकनका क्रममा सङ्घीय संसद्का महासचिव डा भरतराज गौतम पनि सँगै थिए । रासस