काठमाडौँ – लायन्स क्लब अफ काठमाडौँ ग्राण्डसेनियल ३२५ ‘ए’ २ तथा ताहाचल युवा क्लबद्वारा आर्थिक अवस्था कमजोर भएका ३०० विपन्न मानिसलाई खाना वितरण गरिएको छ ।


ADVERTISEMENT


कोभिड–१९ को जोखिम हुन नदिन सरकारले जारी गरेको लकडाउनको अवधिमा दैनिक ज्याला मजदुरी गर्न नसकेका वर्ग तथा बालबालिकालाई खाना वितरण गरिएको कार्यक्रमका संयोजक किशोरकुमार राणाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


पछिल्लो दिनमा काठमाडौँ महानगरपालिकाका केही वडा, धार्मिक सङ्घसंस्थाका साथै मनकारी व्यक्तिबाट विभिन्न स्थानमा निःशुल्क भोजनको व्यवस्था गरिएको छ ।

यसैबीच रोटरी क्लब अफ काठमाडौँ वेस्टले सोल्टीमोडमा त्यस आसपास क्षेत्रका करीब दुई हजार ५०० नागरिकलाई निःशुल्क भोजनको व्यवस्था गरेको सुबोध प्रधानले जानकारी दिए । दश दिनदेखि बिहान नियमित खानाको प्रबन्ध गरेको उक्त संस्थाले आगामी जेठ ५ गतेसम्म खाना खुवाउने जनाएको छ ।

सामाजिक दूरी कायम गरी व्यवस्थापन गरिएको त्यस स्थानमा मास्क र पिउने पानीसमेत वितरण गरिएको छ ।