काठमाडौँ – अब सवारी साधानमार्फत एक जिल्लाबाट अर्को जान नपाइने भएको छ ।  गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी यसअघि जारी भएका सबै अस्थायी सवारी पास खारेज गरेको हो ।


ADVERTISEMENT


एकैपटक संक्रमितको संख्या बढेपछि मंगलबार गृहमन्त्रालयले आवश्यक सावधानी अपनाउन भन्दै यस्तो निर्णय गरेको हो । गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीका अनुसार उक्त निर्णय बिहीबारदेखि लागू हुने छ । तर, उपत्यकाको तीन जिल्लाको हकमा भने एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने प्रावधान लागू नहुने उनको भनाई छ ।


ADVERTISEMENT

# # #


उप–सचिव अधिकारीका अनुसार उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ । यस्तै पत्रकारहरुका लागि सूचना विभागद्वारा जारी गरिएको परिाचय पत्रका आधारमा आवतजावत गर्न दिइनेछ । यस्तै बैंक तथा वित्तीय संस्थालगायत क्षेत्रका कर्मचारीलाई नियामक निकायबाट जारी गरिएका छुट्टै पास लिएर मात्रै हिँडडुल गर्न दिन प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिइएको उनले बताए ।

मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो । मंगलबार नै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो पारिएकोप्रति असन्तुष्टि जनाएका थिए ।