काठमाडौँ – कोरोना महामारीको रोकथाम र नियन्त्रणमा जुटिरहेका ट्राफिक प्रहरीलाई शिखर ईन्स्युरेन्स प्रा.लि.ले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।


ADVERTISEMENT


महाशाखामा आज एक कार्यक्रमवीच शिखर ईन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भिम प्रसाद ढकाललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) जीवन कुमार श्रेष्ठका अनुसार शिखर इन्स्योरेन्सले १५ सय थान एन९५ मास्क, ५ हजार थान मेडिकल मास्क, १५ सय थान चस्मा, १५ सय थान फेस सिल्ड (भाईजर), सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री महाशाखालाई सहयोग गरेको छ ।


ADVERTISEMENT

# # #


महाशाखा प्रमुख एसएसपी ढकालले कोरोना भाइरसको जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनलाई कडाईका साथ पालना गराउन अग्रपङ्तिमा काम गर्दै आएका ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्रीले कोरोना संक्रमणको जोखिमबाट बच्नको लागि महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले यस विषम परिस्थितीमा ट्राफिक प्रहरीलाई थप हौसला प्रदान गर्न शिखर ईन्स्युरेन्सले गरेको सहयोग एवम् सदभाव प्रति विशेष धन्यवाद दिए ।

कार्यक्रममा कम्पनीकाका प्रमुख कार्यकारी अधिकृत पाण्डेले माहामारीको यस घडीमा नागरिकको सेवामा अहोरात्र खटिने ट्राफिक प्रहरीलाई संक्रमणको जोखिमबाट बच्न र काम गर्ने मनोबल थप उच्च हुने विश्वासका साथ स्वास्थ्य सामग्री प्रदान गरिएको हो । आगामी दिनमा पनि ट्राफिक प्रहरीलाई यस्तै सहयोग एवम् सहकार्य गरी अगाडि बढ्न कम्पनी तत्पर रहेको उनले उल्लेख गरे ।

कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्नका लागि महाशाखाले निरन्तर रुपमा मास्क, सेनिटाइजर, पिपिई, फेस सिल्ड, पञ्जा लगायतका सामाग्री वितरण गर्नुको साथै सामाजिक दुरी कायम गर्दै सुरक्षित रहन निरन्तर निर्देशन एव ब्रिफिंग समेत गरिरेको छ ।

कम्पनीले सहयोग गरेका उक्त सामग्री आजै सम्पूर्ण ट्राफिक प्रहरीलाई वितरण गरिएको एसपी श्रेष्ठले बताए ।