नयाँदिल्ली — बंगालको खाडीबाट विकसित शक्तिशाली समुद्री आँधी ‘अम्फान’ का कारण भारत र बंगलादेशमा कम्तीमा ८४ जनाको ज्यान गएको छ । दुवै देशमा ठूलो धनमालको क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


ADVERTISEMENT


आँधीका कारण भारतको पश्चिम बंगाल र उडिसा राज्य निकै प्रभावित भएका छन् । अम्फान उडिसा र पश्चिम बंगालको तटीय क्षेत्रमा बुधबार अपराह्न प्रवेश गरेको थियो । त्यसको असरस्वरूप प्रतिघण्टा १ सय ८५ किलोमिटरभन्दा बढीको गतिले आएको डरलाग्दो आँधीले उक्त क्षेत्रमा ठूलो परिमाणमा जीउधनको क्षति पुर्‍याएको हो ।


ADVERTISEMENT

# # #


अम्फानका कारण पश्चिम बंगालमा मात्र ७० जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ भने छिमेकी उडिसामा २ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार बंगलादेशमा कम्तीमा १२ जनाको ज्यान गएको छ । कोरोना भाइरसको महामारीले पूरै भारतलाई आतंकित पारिरहेका बेला अम्फानले थप अर्को संकट निम्त्याएको छ ।