पोखरा, फागुन २३ । लोक कवि अली मियाँको योगदानलाई जीवन्त राख्ने उद्देश्यका साथ मुस्लिम युवा क्लबको आयोजनामा आगामी चैत १३ गतेदेखि १९ गतेसम्म पोखरामा लोककवि अली मियाँ स्मृति ‘सेभन ए साइड’ कप फुटबल प्रतियोगिता हुने भएको छ ।


ADVERTISEMENT


प्रतियोगिताबारे जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक एवम् मुस्लिम युवा क्लबका अध्यक्ष अफजल हसेन मियाँले नेपाली लोक साहित्य र संस्कृतिलाई सम्बद्र्धन गर्न लोककवि अलि मियाँले अतुलनीय योगदान गरेका बताउँदै उनको स्मृतिमा फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा लगभग ४५ टिम सहभागी हुने बताइको छ । प्रथम र द्वितीय हुने टिमलाई क्रमशः एक लाख २५ हजार र ७० हजार रुपैयाँ नगदसहित शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष मियाँले जानकारी दिए।

अली मियाँ लोकवाङमय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले नेपाली लोक साहित्यमा आफ्नोे जीवन समर्पण गर्नुभएका लोक कविको स्मृतिमा राखिएको फुटबल प्रतियोगिताले उहाँका योगदानलाई बचाइ राख्ने विश्वास व्यक्त गरे ।

‘फेरि उठ्ने छ नेपालको दोस्रो संस्करण पोखरामा’

त्यसैगरी नेपथ्य ब्यान्डको ‘फेरि उठ्नेछ नेपालको दोस्रो संस्करण’ आगामी चैत २६ गते पोखरामा प्रस्तुत गरिने भएको छ ।

कास्कीका ल्वाङ्घलेलस्थित गौरीशङ्कर मनिलाल उच्च मावि र सल्यान बासखर्कस्थित भूमेश्वर प्राविको सहयोगार्थ हुने उक्त प्रस्तुतिमा १० हजार दर्शक सहभागी हुने आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजक किरण गुरुङले जानकारी दिए ।

उनका अनुसार नेपथ्य ब्यान्डले सन् २०१६ मा काठमाडाँैमा १० हजारभन्दा बढी दर्शकको सहभागितामा फेरि उठ्नेछ नेपालको प्रथम संस्करण सम्पन्न गरेकामा दोस्रो संस्करण पोखरामा गर्न लागेको हो ।

कार्यक्रमबाट लगभग २० लाख रुपैयाँ बचत गरी दुई विद्यालयको सहयोगार्थ प्रदान गर्ने लक्ष्य राखिएको गुरुङले जानकारी दिए ।