काठमाडौँ – नेपालमा थप ४ जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएको छ । बिहीबार सोलुखुम्बु, दोलखा, बझाङ र दार्चुला गरी ४ जिल्लामा पहिलो पटक कोरोना भाइरसका संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा दोलखाका १९ र २० वर्षीय २ जना पुरुषमा कोरोना देखिएको छ । यस्तै सोलुखुम्बुका २६ वर्षीय पुरुषमा पनि कोरोना पाइएको छ ।


ADVERTISEMENT

# # #


यस्तै सुर्खेतको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका ५५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ भने कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाका २५ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।

४६ जिल्लामा फैलियो कोरोना

बिहीबार ४ जिल्ला थप भएसँगै देशका सातवटै प्रदेशका ७७ मध्ये ५१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । प्रादेशिक विवरण अनुसार प्रदेश नं. २ मा सबैभन्दा बढी संक्रमित रहेका छन् भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश नं.१ का ८ जिल्लामा संक्रमण फैलिँदा १२९ जनामा कोरोना पुष्टि भएको छ । यस्तै प्रदेश नं. २ का सबै (८) जिल्लाका ४१५ जना (एकको मृत्यु), बाग्मती प्रदेशका १२ जिल्लामा ४४ जना (एकको मृत्यु), गण्डकी प्रदेशका ४ जिल्लामा १७ जना, प्रदेश नं. ५ का ९ जिल्लामा ३६९ जना (दुईको मृत्यु), कर्णाली प्रदेश ३ जिल्लामा ४७ जना र सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा २१ जना संक्रमित रहेका छन् ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप १५६ जनामा जनामा कोरोना देखिएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । कुल संक्रमतिमध्ये पुरुसष ९४० जना र १०२ जना रहेका छन् । जसमध्ये ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बाँकेका २५ वर्षीय युवा, गुल्मीका ४१ वर्षीय पुरुष, बाराका ७० वर्षीय पुरुष र ललितपुर महानगरपालिका वुङमती–२२ का ५६ वर्षीय पुरुष रहेका छन् । उनमा बिहीबार मात्रै संक्रमण पुष्टि भएको थियो ।

१८७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।