काठमाडौँ – सरकारले आउँदो आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता वितरणका लागि ६७ अर्ब ५० करोड छुट्याएको छ ।


ADVERTISEMENT


संघीय संसदको संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त बजेट घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


त्यसैगरी सरकारले हरेक स्थानीय तहमा ज्येष्ठ नागरिक सेवा तथा मिलन केन्द्र सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिने भएको छ । अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा केन्द्र निर्माण हुन बाँकी रहेका स्थानीय तह र वडामा केन्द्र स्थापना गरिने जानकारी दिए ।

उनले सरकारले हाल सञ्चालनमा रहेका सबै सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिँदै त्यसका लागि ६७ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए ।